शनिवारदेखि छठ पर्व सुरु

धनगढी- सूर्य भगवान्को आराधना गरी ४ दिनसम्म मनाइने छठ पर्व शनिबारदेखि विधिवत् रूपमा सुरु भएको छ।

Ganyapdhura gau

छठ पूजाको आज पहिलो दिन  ‘नहाय–खाय’ मनाइँदै छ। आजको दिन व्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरुवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ।

Navadurga sun
Godawari sandesh

पारिवारिक सुख, समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन आइतबार खरना रहेको छ। आइतबार साँझ व्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसाद स्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ।

Dadeldhura hospital

तेस्रो दिन सोमबार छठको मुख्य दिनलाई सौझकारकका रूपमा मनाइन्छ। यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ दिने चलन छ।

अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ। अन्तिम दिनलाई  ‘पारन’ भनिन्छ। छठ पर्वमा भगवान् सूर्य र छठी मातालाई बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ।

व्रतालुहरूले छठमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हर्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्य भगवान्लाई चढाउने गर्छन्।

अर्घ दिने व्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ।

कैलालीको धनगढीमा पूजा सामग्री किनमेलको चहलपहल छ भने मोहना नदी किनारलाई आकर्षक रूपमा सजाइँदै छ।

Couple
Loading...