कर्णालीमा माछा मार्ने जालमा शव भेटियो

Dadeldhura hospital

धनगढी- कैलालीको मोहन्याल स्थिति कर्णाली नदीमा माछा मार्ने जालमा शव फेला परेको छ । शुक्रवार मोहन्याल गाउँपालिका – ७ पितमारी स्थित कर्णाली नदी किनारमा माछा मार्ने जालमा अड्किएको अवस्थामा शव फेला परेको हो ।

उक्त शव लम्कीचुहा नगरपालिका – २ बलियाका ४८ वर्षीय मान बहादुर बुढाको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...