

धनगढी- कैलालीको लम्कीका एक युवकमाथि सामूहिक रुपमा खुकुरी प्रहार गरिएको छ । लम्की–चुहा नगरपालिका–१ कालिका टोलका २३ वर्षीय दिनेश शाहीमाथि खुकुरी प्रहार गरिएको हो ।



जिल्ला प्रहरी कार्यालय, कैलालीले दिनेश शाहीमाथि सोही ठाउँका प्रेम न्यौपाने, दिनेश न्यौपाने, मुक्ति न्यौपाने र डिल्ली चौलागाईं समूहले खुकुरी प्रहार गरेको बताएको छ ।


शाहीमाथि उनीहरूले शुक्रवार बिहान १०ः४० बजेको समयमा खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गरेर उनीहरू फरार भएका छन् ।
शाहीको लालरत्न अस्ताल लम्कीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रवार दिउँसो कोहलपुर मेडिकल कलेज, नेपालगञ्ज रेफर गरिएको छ। कुटपिटमा संलग्नहरूको खोजी कार्य जारी रहेको कैलाली प्रहरीले बताएको छ ।

