किसानहरुको धानको समर्थन मूल्य पाए नपाएको अनुगमन गर्न मुख्यमन्त्रीको निर्देशन

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले किसानहरूले धानको न्यूनतम समर्थन मूल्य पाए नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।

Ganyapdhura gau

किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासो आएपछि मुख्यमन्त्री शाहले मंगलबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी अनुगमन गर्न निर्देशन सदिएका हुन्।

Navadurga sun
Dadhaldhura pur

उनले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य व्यापारीहरूले कार्यान्वयन नगरेको पाइएमा कारबाहीको दायरमा ल्याउन निर्देशन दिएका छन्।

२०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सार्वजनिक सूचना मार्फत मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ४६३ दशमलव ८१ रुपियाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार ६२८ दशमलव ३३ रुपियाँ निर्धारण गरिएको जानकारी गराएका थिए।

उनले सूचनामा सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद बिक्री गर्न र सरकारको निर्णय कार्यान्वयन गराउन सबै पालिकालाई आग्रह गरेका थिए। टेलिफोन संवादमा प्रमुख जिल्ला अधिकारी लम्सालले छठ लगत्तै कैलालीका सबै स्थानीय तहमा पुगेर अनुगमन गर्ने बताएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...