कैलालीमा शेरबहादुर चौधरीको रहस्यमय मृत्यु, दुई जना पक्राउ

अत्तरिया-  कैलालीको गोदावरी नगरपालिका–१० खमौराका ३५ वर्षीय शेरबहादुर चौधरी मृत फेला परेका छन् । असोज २३ गते घर नजिकैको ओलानी र गोदावरी नदीको दोभानमा उनको शव भेटिएको हो ।

godawari 5
godawari 5_1
Golabari

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार राति छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका भाइ विकास मल्लले घरको ढोका फोड्दै चौधरीलाई मार्ने धम्की दिएका थिए। डरले घरको पछाडिबाट भागेका चौधरी भोलिपल्ट मृत अवस्थामा भेटिएका हुन्।

Navadurga sun
godawari 5_2

मृतकका आफन्तले मल्ल दाजुभाइले लखेटी हत्या गरी शव खोलामा फालेको दाबी गर्दै किटानी जाहेरी दिएका छन्। प्रहरीका अनुसार धम्की र ढोका तोडफोडमा संलग्न लोकेन्द्र र विकासलाई नियन्त्रणमा लिइएको छ। घटनाको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...