शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कृष्णपुर नगरपालिकाद्वारा वृहत् सरसफाइ अभियान

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आइतबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ। “स्वच्छ वातावरण, स्वस्थ नागरिक हाम्रो साझा जिम्मेवारी” भन्ने नारासहित आयोजित कार्यक्रममा विश्वविद्यालय परिसरमा फैलिएका झारपात हटाई वातावरण स्वच्छ बनाइएको हो।

एमबिबिएससहित चिकित्सा शिक्षा सञ्चालनको तयारी भइरहेका बेला विश्वविद्यालय प्रशासनको आह्वानमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको सक्रिय सहभागितामा सरसफाइ अभियान सम्पन्न भएको हो। सहभागीहरूले सरसफाइलाई दैनिक जीवनको संस्कार बनाउनुपर्नेमा जोड दिँदै विश्वविद्यालयमा यथाशीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।

Navadurga sun

कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले विश्वविद्यालयअन्तर्गत ३०० शय्याको शिक्षण अस्पताल छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताउँदै यसले सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरे। साथै विश्वविद्यालय सञ्चालनसम्बन्धी विषयमा संघीय सरकार र सम्बन्धित पक्षबीच छलफल भइरहेको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...