धनगढीबाट प्रोटोनको नयाँ विद्युतीय कार ‘ई–मास ५’ सार्वजनिक

धनगढी- मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोन ले आफ्नो नयाँ विद्युतीय कार ‘ई–मास ५’ सुदूरपश्चिम प्रदेशमै पहिलो पटक धनगढीबाट सार्वजनिक गरेको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि ले आइतबार आयोजित कार्यक्रममा उक्त गाडी सार्वजनिक गरेको हो।

ई–मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। प्राइमको मूल्य रु. २९ लाख ९९ हजार र प्रिमियमको रु. ३४ लाख ९९ हजार तोकिएको छ। प्राइममा ३०.१२ kWh ब्याट्रीसहित २२५ किमि तथा प्रिमियममा ४०.१६ kWh ब्याट्रीसहित ३२५ किमि सम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ।

Navadurga sun

गाडीमा १४.६ इन्च टचस्क्रिन, ८.८ इन्च डिजिटल क्लस्टर, ५० वाट वायरलेस चार्जर, ६ एयरब्याग, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) र ३६० डिग्री क्यामेरा जस्ता आधुनिक सुविधा समावेश छन्। कम्पनीका अनुसार ई–मास ५ ले ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर–२०२६’ अवार्डसमेत जितेको छ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला कुमारी राना ले विद्युतीय सवारीको विस्तारले वातावरण संरक्षण र प्रदेशमा हरित यातायात प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। कम्पनीका अनुसार सार्वजनिक भएकै दिन ई–मास ५ प्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया देखिएको छ भने केही ग्राहकले सोही दिन गाडी खरिदसमेत गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...