कैलालीका युवा व्यवसायी ओमप्रकाश भट्टको सडक दुर्घटनामा निधन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–५ मा व्यवसाय सञ्चालन गर्दै आएका ३३ वर्षीय युवा व्यवसायी ओमप्रकाश भट्टको कञ्चनपुरमा भएको सडक दुर्घटनामा निधन भएको छ। उनी कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का स्थायी बासिन्दा हुन्।

आइतबार महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरिया क्षेत्रमा उनले चलाएको सुप प्र ०१–०१० प ५११० नम्बरको मोटरसाइकल सडकमा डोर्याइएको पाडोसँग ठोक्किएपछि विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००१ च ४३४७ नम्बरको स्कारपियोसँग ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

Navadurga sun

प्रहरीले पाडोधनी कृष्णपुर–१ श्रीपुरका गाजीराम सार्की तथा स्कारपियो चालक गोदावरी–१ का सुवास चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

अत्तरिया–धनगढी सडकखण्डमा एल्युमिनियम व्यवसाय सञ्चालन गर्दै आएका भट्ट स्थानीयस्तरमा सफल, मेहनती र परिचित व्यवसायीका रूपमा चिनिन्थे। उनको असामयिक निधनले परिवार, आफन्त, व्यवसायिक क्षेत्र तथा शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...