देशभर वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षा र बाढीपहिरोको जोखिम

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। कोशी प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहे पनि बाँकी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, कर्णाली तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

Navadurga sun

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, भूक्षय तथा गेग्रानको जोखिम बढ्ने चेतावनी दिइएको छ। राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।

प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न महाशाखाले सबैलाई आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...