अतरिया- प्रतिभा पुस्तकालय, अत्तरिया कैलालीको सोह्रौँ साधारण सभा तथा आठौँ अधिवेशन असोज २५ गते शनिबारका लागि तय गरिएको थियो । “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने नारा सहित आयोजना गर्न लागिएको यो कार्यक्रम गणपूरक सदस्यहरूको न्यून उपस्थितिका कारण सम्पन्न हुन सकेन ।



यसअघि पनि दुई पटक स्थगित भइसकेको साधारण सभा यसपटक तेस्रो पटक स्थगित भएको हो । पुस्तकालयका अनुसार अब चौथोपटक साधारण सभा कार्तिक १५ गतेका दिन बस्ने गरी पुनः मिति तय गरिएको छ ।


कार्यक्रमका वक्ताहरूले पुस्तकालयको पदका लागि राजनीति नगरी स्वच्छ प्रतिस्पर्धाका माध्यमबाट नयाँ कार्यसमिति गठन गर्नुपर्नेमा जोड दिए । उनीहरूले पुस्तकालयलाई ज्ञानको भण्डार तथा जीवनपर्यन्त शिक्षा दिने केन्द्रका रूपमा वर्णन गर्दै व्यक्तिको शिक्षा र चेतनाको विकासमा पुस्तकालयले अमूल्य योगदान पुर्याउने बताएका छन् ।





