नेपालका विभिन्न स्थानमा अविरल वर्षा, बाढी–पहिरोको जोखिम

काठमाडौं- नेपालका विभिन्न स्थानमा अहिले अविरल वर्षा भइरहेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी हावा र भारतको बिहार–उत्तर प्रदेश हुँदै नेपाल प्रवेश गरेका बादलका कारण देशभर वर्षा भएको मौसमविद्हरूले जनाएका छन् ।

Ganyapdhura gau

मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पर्ने क्रम कम्तीमा असोज २० गतेसम्म जारी रहनेछ । अहिले विशेषगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लामा वर्षा भइरहेको छ ।

Navadurga sun

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि ठूलो वर्षा हुने देखिएको छ । मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ ।

Dadhaldhura pur

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थुप्रै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अविरल वर्षासँगै बाढी, पहिरो र डुबानको खतरा बढेकाले सरकारले सबैलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । लामो दुरीको यात्रा नगर्न सिफारिस गरिएको छ ।

सडक विभागले वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने भन्दै मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ र गल्छी–स्याङ्जा सडकमा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्म सक्रिय बादलका कारण विशेषगरी हेटौंडादेखि ललितपुर र आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । निकट भविष्यमै अर्को मौसमी प्रणाली प्रवेश गर्ने संकेत देखिएकाले केही स्थानमा अझ बढी वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...