धनगढीमा जोखिमयुक्त फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी

धनगढी- धनगढी उपमहानगरपालिकामा स्वास्थ्य संस्थाहरुबाट निस्कने जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि नगरस्तरीय साझा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको अन्तिम तयारी भइरहेको छ।

Ganyapdhura gau

‘हेकाफ ३६०’ नामक संस्थाको प्रविधिक सहयोगमा उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा निर्माण गरिएको सो केन्द्र उपमहानगरपालिकाको करिब ६० लाख रुपैयाँ लागतमा बनेको हो।

Navadurga sun

उपमहानगरपालिकाका वातावरण इन्जिनियर अशोक अवस्थीका अनुसार सो संस्थाले केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण, प्रविधि र कर्मचारी क्षमता अभिवृद्धिमा सहयोग गरेको छ। उनले भने, “केही दिनमै यो केन्द्र सञ्चालनमा आउनेछ। यसबाट स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोर व्यवस्थित रूपमा व्यवस्थापन हुनेछ।”

Dadhaldhura pur

सो केन्द्रमा स्वास्थ्य संस्थाहरुबाट संकलन गरिने जोखिमयुक्त फोहोरलाई ‘अटो क्लेभ’ मेसिनमा राखेर उच्च तापक्रम र चाप प्रयोग गरी जीवाणु नष्ट गर्ने प्रक्रिया अपनाइनेछ। त्यसपछि मात्र फोहोरको वर्गीकरण गर्ने प्रणाली लागू गरिनेछ। साथै, स्वास्थ्य संस्थाहरुले सेवा दिने क्रममा उत्पादन हुने फोहोरलाई स्रोतमै छुट्याउने प्रणाली पनि विकास गर्ने तयारी भएको छ।

एक वित्तीय अध्ययनका अनुसार स्वास्थ्य संस्थाको प्रति किलो जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न रु. ४३ देखि रु. ५८ खर्च पर्न सक्ने देखिएको छ।

धनगढी उपमहानगरपालिकाले दैनिक रुपमा उत्पादन हुने कुहिने र नकुहिने फोहोरलाई ठेक्कामार्फत संकलन र व्यवस्थापन गर्दै आएको छ। तर, अस्पताल तथा स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोर भने चुनौतीपूर्ण बनेको थियो।

यस केन्द्र सञ्चालनसँगै अब जोखिमयुक्त फोहोर पनि सुरक्षित र दिगो तरिकाले व्यवस्थापन हुने अपेक्षा गरिएको छ।

यद्यपि धनगढी उपमहानगरपालिकाका ग्रामीण वडाहरुमा अझै पनि फोहोर व्यवस्थापन, स्तरीय सडक र स्वच्छ खानेपानीजस्ता पूर्वाधारमा अभाव रहेको उपमहानगरपालिकाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...