सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा नियुक्त पदाधिकारीहरुद्वारा सपथ

Dadeldhura hospital

काठमाण्डौँ- सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त दीपक बहादुर सिंह, सदस्य अनिल श्रेष्ठ र झलक शाहले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उनीहरुलाई सपथ खुवाएका हुन् । प्रदेश मन्त्री परिषदको बैठकले सिंहलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सपथ ग्रहण गर्दै सिंहले खेलकुदमा सुदूरपश्चिमलाई एक नम्वर प्रदेश बनाउने बताएका छन् ।

Loading...