कञ्चनपुरको धान खेतमा हँसियाले घाँटी रेटिएकी किशोरी फेला

धनगढी- कञ्चनपुरको धान खेतमा हँसियाले घाँटी रेटिएकी किशोरी फेला परेकी छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

जिल्लाको बेलौरी नगरपालिका–६ रिछाहाका मन्तोरा रानाको खेतमा धान काटिरहेकी मनीषा राना हँसियाले घाँटी रेटिएकी अवस्थामा फेला परेकी हुन्।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले साइकलमा राखिएको हँसियाले मनीषाले आफै घाँटी काटेकी बताएको छ। सोमवार बिहान ११ बजे इलाका प्रहरी कार्यालय, बेलौरीमा राधेश्याम राना र नरेश रानाले मनीषाले साइकलमा राखिएको हँसियाले आफै घाँटी काटेकी भन्दै खबर गरेका थिए। इलाका प्रहरी कार्यालय, बेलौरीबाट सात जनाको प्रहरी टोली घटनास्थलसम्म पुगेको थियो। उनलाई उपचारका लागि ईशान मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले घटनाका विषयमा अनुसन्धान जारी रहेको बताएको छ। उनले हँसियाले घाँटी काट्नुको कारण खुलेको छैन।

ADD Khali jpg
ADD Khali jpg
Loading...