दशैं मनाउन सुदूरपश्चिम फर्किने यात्रुहरूको भीड

अत्तरिया- दशैं नजिकिँदै जाँदा सुदूरपश्चिमका प्रमुख बजार क्षेत्रहरू खाली हुने क्रम तीव्र बनेको छ। विशेषगरी कैलाली र कञ्चनपुरमा रोजगारी, पढाइ तथा व्यवसायका लागि बसोबास गर्नेहरू वर्षको ठूलो चाड दशैं मनाउन गाउँ फर्कन थालेका हुन्।

Ganyapdhura gau

धनगढी, अत्तरिया, टीकापुर र महेन्द्रनगरबाट पहाडतर्फ जाने यात्रुको भीड आइतबार र सोमबार बिहानैदेखि झनै बढेको छ। अत्तरिया चोक हुँदै सुदूर पहाड जाने यात्रुको लर्को बाक्लै देखिन थालेको छ। लामो दुरीका यातायातका साधनहरूमा यात्रु चढ्ने–ओर्लिने चाप बढेपछि बसपार्क र प्रमुख चोकहरूमा चहलपहल उल्लेख्य बनेको छ।

Navadurga sun
Dadhaldhura pur

आजदेखि फूलपातीसँगै दशैंको औपचारिक बिदा सुरु भएकाले बस काउन्टरहरूमा टिकट काट्न र गाडी चढ्न यात्रुको भिड बढेको हो । लामो दुरीका बसका अधिकांश सिटहरू अग्रिम बुकिङ भइसकेकाले सामान्य यात्रुले टिकट पाउन समेत मुस्किल परेको छ ।

यसैबीच, भारतका विभिन्न सहरमा काम गर्न गएका नेपालीहरू पनि स्वदेश फर्किन थालेका छन्। विशेषगरी गौरीफण्टा र गड्डाचौकी नाकामा यात्रुको भीड अत्यधिक छ। सीमा नाकाबाट फर्किएकाहरू घर पुग्न टिकट लिन बसपार्कतर्फ ओइरिएका छन्।

परिवारसँगै दशैं मनाउन हतारिँदै घरतर्फ फर्किएका यात्रुले लामो लाइनको असुविधा व्यहोर्नु परे पनि चाडको उत्साह उच्च रहेको देखिन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...