अलोक मल्टी कन्सर्न प्रालिले जेन्जी आन्दोलनबाट क्षतिग्रस्त सरकारी कार्यालयलाई सहयोग पुर्‍याउने

धनगढी- कैलालीको धनगढी–४, चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिले हालै सम्पन्न जेन्जी आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी कार्यालयहरू क्षतिग्रस्त भई सेवा सञ्चालनमा कठिनाइ आएको अवस्थामा सहयोगी पहल अघि बढाएको छ।

Ganyapdhura gau

कम्पनीले आफ्नो अनुभव साझा गर्दै भनेको छ कि अघिल्लो वर्ष आगलागीबाट ठूलो क्षति बेहोरेको अवस्थामा जनसमुदाय, व्यवसायी, उद्योग–व्यवसाय संघलगायत विभिन्न पक्षबाट प्राप्त सहयोगका कारण पुनः सञ्चालनमा फर्कन सफल भएको थियो। त्यही सहयोगी भावनाको कदर गर्दै यसपटक कम्पनीले सुदूरपश्चिमभरिका सरकारी कार्यालयलाई सहज सञ्चालनका लागि आवश्यक फर्निचर उपलब्ध गराउने निर्णय गरेको हो।

Navadurga sun
Dadhaldhura pur

कम्पनीले आगलागी वा अन्य कारणले क्षति भएका तर सम्पर्कमा आउन नसकेका कार्यालयलाई पनि यसै सूचना मार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

अलोक मल्टी कन्सर्न प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “समाज, समुदाय र राष्ट्रिय हितका कार्यमा निरन्तर सहयोग र सहकार्य गर्ने अठोटलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सहकार्यका कार्यक्रमलाई अघि बढाइनेछ।”

यस पहलले जेन्जी आन्दोलनबाट प्रभावित सरकारी कार्यालयहरूको सेवा सञ्चालनमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...