जथाभावी कर्मचारी भर्ना गर्दा विद्युत प्राधिकरण सुदूरपश्चिम कार्यालयमा तालाबन्दी

अत्तरिया, ४ असाेज– सेवा करारमा जथाभावी कर्मचारी भर्ना गरिएको भन्दै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । सेवा करारमा कार्यरत कर्मचारी र युवा संघ कैलालीले संयुक्त रुपमा सोमबार दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन् ।

Ganyapdhura gau
Dadhaldhura pur

प्रादेशिक कार्यालय सहित प्राधिकरण मातहतका निकायमा सेवा करारमा कार्यरत यसअघिका कर्मचारीलाई जानकारी समेत नदिएर आर्थिक असुली गर्दै मनलाग्दी किसिमले भर्ना गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । धनगढी वितरण केन्द्रमा सेवा करारमा प्राविधिक हेल्परका रुपमा कार्यरत समिर खड्काले पुराना कर्मचारीलाई जानकारी समेत नदिएर विद्युत प्राधिकरण र निर्माण व्यवसायीले जथाभावी रुपमा कर्मचारी भर्ना गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

Navadurga sun

अनियमित तरिकाले फारमको शुल्क लिने काम समेत भएको भन्दै उनीहरुले समानता कायम गर्न माग गरेका छन् । नेपाल विद्युत प्राधिकरणले भने सेवा करारका कर्मचारी सम्झौता बमोजिम ठेक्का लिएका सम्बन्धित निर्माण व्यवसायीले भर्ना गर्ने भएकाले कार्यालयसँग खासै सरोकार नहुने जनाएको छ ।

प्रादेशिक कार्यालयका निमित्त प्रमुख मेघमणि गौतमले यसअघि दुई वर्षका लागि गरिएको ठेक्काको अवधि सकिएपछि डिलस मल्टी सेक्युरेटीसँग सम्झौता गरिएको बताउँदै कर्मचारी भर्ना पनि उसैले गरेको दाबी गरे ।

ADD Khali jpg
ADD Khali jpg
Loading...