सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

काठमाडौँ- चौतर्फी विरोध र सोमबार काठमाडौँमा भएको जेनजीहरुको प्रदर्शनपछि सरकारले सामाजिक सञ्जालहरूमाथि लगाएको प्रतिबन्ध फिर्ता लिएको छ। सोमबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

Ganyapdhura gau
Dadeldhura hospital

मन्त्री गुरुङका अनुसार, मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आएको छ। उनले प्रतिपक्षी दलहरूले सडकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएका विषयमा पनि प्रतिक्रिया दिँदै भने, ‘अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन। प्रतिपक्षी दलहरूले अहिले सडकमा बसेर मागेर हुँदैन।’

Navadurga sun
Godawari sandesh

साथै मन्त्री गुरुङले भ्रष्ट र पारदर्शिता नभएको मुलुकमा दर्ता नगर्ने भन्दै सामाजिक सञ्जाल ‘एक्स’ द्वारा नेपालमा दर्ता हुन अस्वीकार गरेको पनि बताएका छन्। गत १९ भदौमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो।

Couple
Loading...