सरकारले प्रदर्शनकारीको हत्या गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले गर्‍यो निन्दा

काठमाडौं- नेपालमा सरकारले युवाप्रदर्शनकारीको हत्या गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले तीव्र निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकारी उच्च आयुक्तको कार्यालय, युनिसेफ, एमनेस्टीइन्टरनेसनल, संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयलगायतले वक्तव्य जारी गर्दैसुरक्षाफौजले गैरकानूनी रुपमा बल प्रयोग गरी शान्तिपूर्ण आन्दोलनगरिहेका युवा र बालबालिकाको हत्या गरेको उल्लेख गरेका छन् ।

Ganyapdhura gau

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चआयुक्तको कार्यालयले शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुको राज्यलेगरेको हत्याबारे छिटो र पारदर्शी छानबिनको माग गरेको छ । सोमवार उच्च आयुक्तको कार्यालयकी प्रवक्ता रविनाशाम्दासानीले नेपालको जेनजी आन्दोलनमाथि प्रहरी प्रशासनले गरेको हिंसामाथि धारणाराख्दै यस्तो बताएकी हुन् ।

Navadurga sun
Godawari sandesh

‘हामी नेपालमा आज प्रदर्शनकारीहरूको हत्या भएको तथा घाइतेभएको घटनाबाट स्तब्ध भएका छौँ र छिटो तथा पारदर्शी छानबिनको माग गर्दछौँ,’ प्रवक्ताशाम्दासानीले भनिन् । भ्रष्टाचारविरुद्ध तथा सरकारले सामाजिक सञ्जालमालगाएको प्रतिबन्धको विरोधमा युवाहरूले आयोजना गरेका प्रदर्शनमा सुरक्षा निकायलेअनावश्यक वा अत्यधिक बल प्रयोग गरेको गम्भीर आरोपहरू उच्च आयुक्तको कार्यालयले प्राप्तगरेको पनि उनले बताइन्।

‘सबै सुरक्षा निकाय तथा कानून पालना गराउने अधिकारीहरूलेबल र हातहतियार प्रयोग गर्ने आधारभूत सिद्धान्तहरूलाई पालना गर्नुपर्छ,’ उनलेभनिन् । त्यस्तै, बालबालिकाकाक्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघीय एजेन्सी (युनिसेफ)ले सोमबार नेपालभर भएकोप्रदर्शनमा बालबालिकामाथि हिंसा भएको भन्दै त्यसप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

Dadeldhura hospital

‘बालबालिकाहरुमाथि बलप्रयोग स्वीकार्य छैन र यो तत्कालै रोकिनुपर्छ,’ युनिसेफले भनेको छ। नेपाल संयुक्तराष्ट्रसंघ बालअधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको कुरा पनि युनिसेफले स्मरणगराएको छ। सो अभिसन्धिअनुरूप बालबालिकालाई सङ्गठित हुने स्वतन्त्रता छ र उनीहरु शान्तिपूर्णरूपमा भेला हुन पाउने अधिकार राख्ने कुरा पनि युनिसेफले उल्लेख गरेको छ।

त्यस्तै, मानवअधिकारीवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरन्यासनललेपनि नेपालमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी नेतृत्वमा भएको प्रदर्शनमाभएको दमनका क्रममा प्रहरीले घातक बल प्रयोग गरेको भन्दै आपत्ति व्यक्ति गरेको छ।

पएम्नेनेस्टीइन्टरन्यासनल नेपालका निर्देशक निरन्जन थपलियाले प्रहरीले गैरकानूनी रुपमा घातक बलप्रयोग गरेको भन्दै कडा शब्दमा आपत्ति व्यक्त गरेका हुन् । ‘धेरै प्रदर्शनकारीहरूको मृत्यु र गम्भीर चोटपटक लाग्ने गरी प्रहरीद्वाराघातक बलको गैरकानूनी प्रयोगको एम्नेस्टी इन्टरनेसनल नेपाल कडा निन्दा गर्दछ,’उनले भनेका छन् ।

नेपाल सरकारले प्रदर्शनका क्रममा भएको मृत्युको बारेमा तत्काल,गहन, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुपर्ने र दोषी ठहरिएका सबैलाई फौजदारी अभियोजनसहितपूर्ण रूपमा जवाफदेही बनाउनुपर्ने पनि उसले जनाएको छ।

साथै, संयुक्तराष्ट्रसंघको नेपाल कार्यालयले पनि नागरिकले प्रजातान्त्रिक अधिकारको अभ्यास गर्नेकुरालाई सुनिश्चित गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजकहना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समार्फत यस्तो आग्रह गरेकी हुन्।

‘नागरिकहरूले सुरक्षितर शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सक्ने कुरासुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन म सबै पक्षहरूलाई आग्रह गर्दछु,’ उनलेएक्समा लेखेकी छन् ।

Couple
Loading...