परम्परा र आधुनिकतासँगै चौधरी दम्पतीको कपडा व्यवसाय

कञ्चनपुर- कैलालीको धनगढी उपमहानगरपालिका–७ जोखरतालका सुशील चौधरी विगत एक दशकदेखि थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन बिक्री गर्दै आएका छन् ।

Ganyapdhura gau

उनी कञ्चनपुरका थारु बस्ती—पिपलाडी, बेलौरी, लालपुर, देखतभूली, जाई, बञ्जरिया, शान्तिपुर लगायतका क्षेत्रमा पुगेर बिक्री गर्छन् । उनले थारु महिलाको परम्परागत लेहङ्गा, चोल्या, मादलमा लगाउने झालर तथा पुरुषले लगाउने धोती बेच्ने गर्छन्। उनका अनुसार सामान्य समयमा थोरै बिक्री भए पनि दसैँ, तिहार लगायतका चाडपर्वका बेला बिक्री निकै बढ्छ । महिनामा ३० हजारदेखि ४० हजारसम्मको आम्दानी हुने उनी बताउछन् । 

Navadurga sun
Dadhaldhura pur

चाडपर्वमा भने आम्दानी तेब्बर हुन्छ। उनकी श्रीमती रुपा चौधरीले यी परम्परागत पोसाक तयार गर्ने गर्छिन् । रुपाले छ महिनाको सिलाइकटाइ तालिम लिएर थारु महिलाका लागि विशेष पहिरन बनाउँदै आएकी छिन् । उनका अनुसार, लेहङ्गा र चोल्या बनाउन तीनदेखि पाँच दिनसम्म लाग्छ । पहिरन बनाउन सितारा, कटौती, गोठ, नेफा, टुना जस्ता कलात्मक डिजाइन र रङ्गीचङ्गी कपडा प्रयोग गरिन्छ ।

सामान्य लेहङ्गा बनाउन करिब तीन हजार पाँच सय लागत पर्छ, भने बुट्टावाला लेहङ्गामा छ हजार पाँच सय लागत लाग्छ । ती लेहङ्गा क्रमशः चार हजार पाँच सय सात हजार पाँच सयमा बिक्री हुन्छन् । त्यस्तै, तीन सय लागतमा तयार हुने चोल्या पाँच सयदेखि सात सयमा बिक्री हुन्छ भने तीन सयमा तयार हुने धोती भने पाँच सयमा बिक्री हुने गरेको छ । रुपाले बजारको अवस्था हेरेर मागअनुसार चोल्या र लेहङ्गा तयार गर्ने बताइन्।

अरु बेला अन्य महिलाका कपडा जस्तै लेडिज सुट, ब्लाउज, पेटिकोट, मेक्सी पनि सिलाइ गर्ने कार्य उनले गर्दै आएकी छिन् । चौधरी दम्पतीले हाल परम्परागत तथा आधुनिक कपडा तयार गर्ने पसलमा झण्डै १२ लाख लगानी गरेका छन्।सुशीलले तयारी कपडा बेच्ने कार्यसँगै फुर्सदमा प्लम्बरको काम गरेर अतिरिक्त आम्दानी गर्दै आएका छन् ।

चौधरी दम्पतीले कपडा व्यवसायबाट वार्षिक झण्डै छ लाख जति आम्दानी गर्दै आएका छन् । उनका अनुसार थारु महिलाले मात्र लेहङ्गा–चोल्या लगाउने भएकाले चाहेजति बिक्री सम्भव हुँदैन । त्यसैले अन्य तयारी पोसाक सिलाइको गरेर जीविका चलाउनुपर्ने बाध्यता छ। “सिलाइकटाइ र परम्परागत कपडाको आम्दानीले परिवारको घरखर्च जेनतेन धानेको छ,” उनले भने ।  रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...