दुर्गालक्ष्मी मा.वि. अत्तरियाको व्यवस्थापन समिति अध्यक्षमा भट्टराई

अत्तरिया- दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले नयाँ व्यवस्थापन समिति पाएको छ । बिहीबार बसेको भेलाले सर्वसम्मत रूपमा हरिदत्त भट्टराईलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो ।

Dadeldhura hospital

यसअघि भदौ १३ गते समिति गठनका लागि अभिभावक प्रतिनिधि भुवन भट्ट, यज्ञराज भाट, लोकराज भट्ट र यसोदा भट्ट चोखाल चयन भएका थिए ।

Navadurga sun
Godawari sandesh

त्यस्तै वडाबाट वडाध्यक्ष यज्ञबहादुर महरा र नगरबाट मञ्जु साउँद तथा हरिदत्त भट्टराई प्रतिनिधिका रूपमा आएका थिए । ती प्रतिनिधिबाटै अध्यक्ष छनोट गर्ने प्रावधानअनुसार भट्टराई नेतृत्वमा समिति बनेको हो ।

नयाँ समितिमा वडाध्यक्ष महरा पदेन सदस्यका रूपमा रहेका छन् भने प्रधानाध्यापक ललन प्रसाद चौबे सदस्य–सचिव भएका छन् ।

Loading...