वेदकोट–६ मुसेपानीमा बृहत् डेउडा प्रतियोगिता सुरु

कञ्चनपुर- वेदकोट नगरपालिका–६, मुसेपानीमा अवस्थित गणेश सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बृहत डेउडा प्रतियोगिता सुरु गरिएको छ । प्रतियोगिताको उद्‌घाटन वेदकोट नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा गरिएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा नगर उप–प्रमुख तुलसी जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने, बहुचर्चित डेउडिया कलाकार जे आर भट्ट पनि विशिष्ट अतिथि रहनु भएको थियो । साथै स्थानीय कलाकार, पत्रकार, सामाजिक अभियन्ता तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बोहराले सामुदायिक वनको पहलप्रति प्रशंसा गर्दै संस्कृतिको जगेर्ना र संरक्षणका लागि नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा उप–प्रमुख जोशीले डेउडा प्रतियोगिताले सामाजिक ऐक्यबद्धता र सामुदायिक सम्बन्ध बलियो बनाउन योगदान पुर्याउने बताउनुभयो ।

समुदायमा सांस्कृतिक विविधता जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यस डेउडा प्रतियोगितामा स्थानीय प्रतिभाले आफ्नो कला प्रस्तुत गरेका थिए । प्रतियोगिताले विशेषगरी युवा पुस्तामा परम्परागत संस्कृतिप्रति आकर्षण बढाउने र सामुदायिक एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरिएको थियो ।

Loading...