सुप विश्वविद्यालयको पछिल्लो ५ बर्षमा बेरुजु ५ करोड ७८ लाख





कञ्चनपुर, ३ असोज- कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा बेरुजुको चाङ बढ्दै गएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार सुदूरपश्चिम विद्यालयको बेरुजु वर्षेनी बढ्दै गईरहेको पाइएको छ ।


महालेखाका पछिल्ला पाँच प्रतिवेदन अनुसार सुदूरपश्चिम विश्वविद्यालयको बेरुजु ५ करोड ७८ लाख ६ हजार रहेको छ । सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानूनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकमलाई बेरुजुको रुपमा लिइन्छ ।



