बैतडीमा मन्त्री भण्डारीको निर्देशन

बैतडी- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूलाई अपेक्षित नतिजा आउने गरी जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।

Ganyapdhura gau

पाटनमा सोमबार सम्पन्न जिल्ला स्तरिय कार्यालय प्रमुखहरूको समन्वय बैठकलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारी निकायका काममा जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्ने नतिजा आवश्यक रहेको बताए । उनले भने, “जनताले सरकारी कार्यालयले गरेको काम देख्न र महसुस गर्न पाउनुपर्छ । जनताले अपेक्षा गरेको परिणाम नआएको भन्ने गुनासो आउन नदिनुपर्छ।”

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मन्त्री भण्डारीले विशेष गरी पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राख्न र विभिन्न शीर्षकअन्तर्गत दिइने अनुदानका कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।

बर्सातको समय भएकाले सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखी पूर्वतयारी र तत्काल उद्धारको तयारी अवस्थामा रहनु आवश्यक रहेको उनको भनाइ थियो । उनले चाडपर्व नजिकिएकाले उपभोक्तालाई ठगी र मूल्यवृद्धिबाट बचाउन बजार अनुगमनलाई कडाइका साथ अघि बढाउन पनि निर्देशन दिएका छन् ।

मन्त्री भण्डारीले थपे, “विपद् व्यवस्थापनका लागि कुनै कमी–कमजोरी हुन दिनु हुँदैन । बजारमा कृत्रिम मूल्यवृद्धि, कालोबजारी वा मापदण्ड विपरीतका सामान बिक्री हुने अवस्थालाई नियन्त्रण गर्न सक्रिय भूमिका खेल्नुपर्छ ।”

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सुरक्षाप्रमुख, स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, आपूर्ति तथा अन्य कार्यालयका प्रमुखहरूको सहभागिता थियो । बैठकमा जिल्लामा चलिरहेका कार्यक्रमहरू, चुनौतीहरू र आगामी योजनाबारे पनि छलफल गरिएको थियो ।

Couple
Loading...