शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका तालहरू सुक्दै, संरक्षण संकट बढ्दो

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका धेरै प्राकृतिक तालहरू जलवायु परिवर्तन, जलकुम्भी र झारपातका कारण सुक्न र पुरिन थालेका छन् । रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल, सालगौडी तालजस्ता ठूला तालहरू विशेष रूपमा प्रभावित छन् । यी ताल वन्यजन्तुका लागि प्रमुख पानीका स्रोत हुन् र निकुञ्जको जैविक विविधतामा महत्वपूर्ण भूमिका खेल्छन् ।

Dadeldhura hospital

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, निकुञ्जसँग पुँजीगत बजेट रु ३४ लाख मात्र छ । “यति रकमले मुख्यतः पर्यटनकपथ निर्माण र अन्य पर्यटकीय पूर्वाधारमा खर्च गर्नुपर्दछ, ताल संरक्षणमा पर्याप्त सहयोग पुग्दैन,” उनले बताए। निकुञ्ज क्षेत्रमा ४० वटा कृत्रिम ताल पनि छन्, तर प्राकृतिक तालहरूको संरक्षण अझ आवश्यक छ ।

godawari10 Mahila hinsa
Navadurga sun

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले धनी स्थल मानिन्छ। यहाँ असङ्ख्य जीवजन्तु, वनस्पति र साना–ठूला तालतलैया पाइन्छन् । सूचना अधिकारी वाग्लेले सिमसार क्षेत्रको दीर्घकालीन संरक्षण र पर्यटन व्यवस्थापन दुवैका लागि पर्याप्त बजेट विनियोजन अनिवार्य भएको बताए ।

विशेषज्ञहरूले जलकुम्भी नियन्त्रण, नियमित सफाइ र तालको सतहमा झारपात कम गर्ने उपाय अपनाउनुपर्ने सुझाव दिएका छन् । यसले वन्यजन्तुका लागि पानीको स्रोत कायम राख्न र पर्यटन आकर्षण सुरक्षित गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

Loading...