महाकाली–मेची एकता यात्रा गड्डाचौकीबाट सुरु

अत्तरिया- “समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान नेपाल” ले सोमबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट महाकाली–मेची स्वतन्त्र एकता यात्रा सुरु गरेको छ।

Ganyapdhura gau

“राष्ट्रियता, सुशासन, समृद्धि र एकता” भन्ने मूल नारासहित सुरु भएको उक्त अभियानको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारादत्त जोशीले गरेका हुन्। उद्घाटन समारोहमा उनले अभियान संयोजक प्रेम राज भट्टलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै यात्रा औपचारिक रुपमा प्रारम्भ गरिदिए।

Navadurga sun
Dadhaldhura pur

२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रदेशसभा सदस्य निर्वाचित भएका डा. जोशीले देशलाई आर्थिक समृद्धिको बाटोतर्फ अघि बढाउन नागरिकले “पार्टीको कार्यकर्ता नभई देशको कार्यकर्ता बन्नुपर्ने” आवश्यकता औंल्याए। उनले यो अभियान युवाहरूले राष्ट्रको हितलाई प्राथमिकता दिँदै अघि बढाउने ऐतिहासिक पहल भएको टिप्पणी पनि गरे।

संयोजक भट्टले हाल मुलुक आर्थिक रूपमा जटिल अवस्थाबाट गुज्रिरहेका बेला युवाहरूले कुनै दल वा विचारधाराको झन्डा नभई नेपालको झन्डा बोकेर अघि बढ्ने संकल्प गरेका कारण अभियानको सुरुवात गरिएको बताए। उनका अनुसार अभियानले देशभरि राष्ट्रिय एकता र सुशासनको सन्देश फैलाउँदै नागरिकलाई समृद्ध राष्ट्र निर्माणमा सक्रिय सहभागिताका लागि प्रेरित गर्नेछ।

उद्घाटन कार्यक्रममा अभियान संयोजक भट्टसँगै धनबहादुर बोगटी, खेमराज जोशी, भरत विक्रम शाह, राजन खड्का, गणेश शाहलगायत व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।

अभियानले देशको पूर्वी सीमा मेचीसम्म पुगेर विभिन्न स्थानमा संवाद, जनजागरण र एकताको सन्देश प्रवाह गर्ने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...