कैलालीका एक युवक खैरो हेरोइनसहित पक्राउ

Dadeldhura hospital

अत्तरिया- कैलालीमा एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–१ बिजौरा स्थित से ३ प ५१४१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय राजु चौधरी पक्राउ परेका हुन् ।

चौधरीले चलाएको मोटरसाइकलको भाइजरको मुनी हेण्डिलको टी– गार्डको प्वाल भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ९ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

Loading...