सिडियोको पहलमा डीडीसी विवाद समाधानतर्फ, किसानलाई छिट्टै भुक्तानीको आश्वासन

अत्तरिया-  कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरियास्थित दुग्ध विकास संस्थान (डीडीसी) करिब तीन महिनादेखि तालाबन्दी हुँदा स्थानीय किसानहरू ठूलो समस्यामा परेका छन् । सात–आठ महिनादेखि दूध बिक्री गरेको रकम नपाएपछि उनीहरूको दैनिक जीवनयापनमा प्रत्यक्ष असर परेको छ ।

Ganyapdhura gau

यसैबीच आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडियो) कृष्णप्रसाद लम्सालको अगुवाइमा डीडीसी प्रमुख, किसान प्रतिनिधि, सरोकारवाला निकाय र स्थानीय जनप्रतिनिधिहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

छलफलमा किसानको रोकिएको भुक्तानी छिट्टै निकासा गर्ने र डीडीसी कार्यालयलाई अत्तरियामै निरन्तर सञ्चालन गर्ने विषयमा सहमति नजिक पुगेको अधिकारीहरूले जनाएका छन् । साथै विगतमा डीडीसी उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीको टोलीले प्रस्ताव गरेको वैकल्पिक स्थल प्रमुख जिल्ला अधिकारीलाई स्थलगत अनुगमनमार्फत अवलोकन गराइएको पनि जानकारी दिइयो ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले लामो समयदेखि रोकिएको भुक्तानीले किसानलाई संकटमा पारिरहेको उल्लेख गर्दै भने,
“कृषकले आफ्नो श्रमको उचित मूल्य पाउनैपर्छ । महिनौँदेखि रोकिएको दूधको भुक्तानीले उनीहरूको जीवनयापनमा ठूलो समस्या खडा गरेको छ । यस विषयमा नगरपालिकाले निरन्तर पहल गर्दै आएको छ र आजको छलफलले समस्या समाधानतर्फ मार्ग देखाएको छ । किसानलाई राहत मिल्नेगरी छिट्टै भुक्तानी निकासा हुनेछ भन्ने विश्वास दिलाउँछु ।”

नगर प्रमुख भट्टले डीडीसी कार्यालयलाई धनगढी सार्ने निर्णय किसानविरोधी मात्र नभई अत्तरियाको अधिकारमाथि प्रहार भएको टिप्पणी गरे । उनले कार्यालयलाई अत्तरियामै कायम राख्नुपर्ने स्पष्ट माग दोहोर्‍याउँदै किसान, सरोकारवाला तथा संस्थागत निकायबीच सहकार्य गरेर दीर्घकालीन समाधान खोज्ने नगरपालिकाको प्रतिबद्धता जनाए ।

छलफलमा भएको सहमतिले किसानको लामो समयदेखि रोकिएको भुक्तानी छिट्टै उपलब्ध हुने आशा गरिएको छ । साथै डीडीसी कार्यालयलाई अत्तरियामै सञ्चालन गर्ने सम्भावना बढेसँगै किसानको चासो र आन्दोलन अन्त्य हुने अपेक्षा गरिएको छ ।

Couple
Loading...