कैलाली उद्योग वाणिज्य संघको निर्वाचन भदौ २८ मा, दुई प्यानलबीच प्रतिस्पर्धा, स्वारँले गरे प्यानल घोषणा 

धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भदौ २८ गते निर्वाचन हुने भएको छ । निर्वाचनमा दुई समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

संघको अध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले उम्मेदवारी घोषणा गरिसकेका छन् । आगामी कार्यकालका लागि नेतृत्व लिने उद्देश्यले दुवै नेताले व्यवसायीहरुलाई आफ्नो पक्षमा पार्न सक्रियता बढाएका छन् ।

Navadurga sun
Godawari sandesh

यसै क्रममा स्वाँर समूहले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानल र घोषणापत्र सार्वजनिक गरेको छ । “व्यवसाय र व्यवसायीको सुरक्षा ः हाम्रो प्रतिबद्धता” भन्ने नारासहित चुनावी प्रतिस्पर्धामा होमिएको स्वाँर समूहले व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

घोषणापत्रअनुसार व्यवसायीहरूलाई दैनिक क्रियाकलापमा देखिने कानुनी तथा प्रशासनिक समस्याको स्थायी समाधान, स्टार्टअप र इनोभेसनलाई प्रोत्साहन गर्ने कोष सञ्चालन, युवा व्यवसायीलाई उद्यमशील उर्जा विकासका लागि विशेष कार्यक्रम, विपद् व्यवस्थापन कोषको स्थापना, संघको विधान संशोधन तथा बैंक, वित्तीय संस्था, कर, भन्सार र बीमासम्बन्धी समस्या समाधानका लागि ठोस पहल गर्ने प्रमुख एजेन्डा तय गरिएको छ ।

स्वाँर प्यानलका उम्मेदवारहरूमा :

वरिष्ठ उपाध्यक्ष – केशवराज जोशी

उद्योग उपाध्यक्ष – लक्ष्मणराज पन्त

Dadeldhura hospital

एसोसियट उपाध्यक्ष – अनिलकुमार भुजनिया

वाणिज्य उपाध्यक्ष – राधिका चौधरी

वस्तुगत उपाध्यक्ष – सिद्धराज पनेरु

महासचिव – सुरेश पाण्डेय

कोषाध्यक्ष – तिलक बोहरा

सचिव – प्रकाशकुमार चन्द

सदस्यहरु – रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक र मन्जु भट्ट रहेका छन् ।

घोषणा कार्यक्रममा संघका वर्तमान अध्यक्ष पुष्पराज कुँवर पनि सहभागी थिए । स्वाँर यसअघि २०७५ पुसमा भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी बनेका थिए तर कुँवरसँग ७९ मतले पराजित भएका थिए । २०७९ जेठमा भएको निर्वाचनमा भने उनले प्रतिस्पर्धा गरेका थिएनन् ।

यसपालिको निर्वाचनमा स्वाँर र ओझा दुवै समूह सक्रिय रुपमा मैदानमा उत्रिएका कारण कैलाली उद्योग वाणिज्य संघमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

Loading...