पत्रकार गोबिन्द रोस्यारा दुई संस्थाबाट सम्मानित

अत्तरिया- गोदावरी मिडियाका सम्पादक गोबिन्द रोस्यारा आइतबार दुई संस्थाबाट सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर स्वरूप प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया र शिखर काफली समाजले छुट्टाछुट्टै कार्यक्रममा सम्मान गरेका हुन् ।

Ganyapdhura gau

प्रतिभा सामुदायिक पुस्तकालयले १८औँ पुस्तकालय दिवसको अवसर पारेर अत्तरियामा आयोजना गरिएको एक समारोहका बीच रोस्यारालाई सम्मानपत्र प्रदान गरेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले रोस्याराले लामो समयदेखि सूचना प्रवाह, शिक्षा र सामाजिक सचेतनामा पु-याएको योगदानको प्रशंसा गरेका थिए ।

Navadurga sun
Dadhaldhura pur

त्यसैगरी, शिखर काफली समाजले गौरा पर्वको अवसर पारेर कृष्णपुर–८, राजघाटमा आयोजना गरेको कार्यक्रममा समेत रोस्यारालाई सम्मान गरेको छ । कार्यक्रममा समाजका पदाधिकारीहरूले पत्रकारितामार्फत समाजलाई जागरण दिलाउन रोस्याराले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरेका थिए ।

रोस्यारा करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् । उनले विभिन्न स्थानीय तथा क्षेत्रीय सञ्चारमाध्यम मार्फत सत्य, निष्पक्ष र जनमुखी पत्रकारिता गर्दै आएका छन् ।

कार्यक्रममा स्थानीय बौद्धिक, समाजसेवी, पत्रकार र समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...