गोदावरीमा सेनाको गेट निर्माण विवाद : विद्यार्थीको आवत–जावत प्रभावित

वार्ता र सहमति आवश्यक रहेको सबै पक्षको बुझाइ

अत्तरिया- गोदावरी नगरपालिका–२ को वनखेत क्षेत्रमा नेपाली सेनाले गेट र तारबार निर्माण गरेपछि स्थानीय समुदाय, नगरपालिका र सुरक्षानिकाय बीच विवाद चर्किएको छ ।

Ganyapdhura gau

नेपाली सेनाले सो क्षेत्र आफ्नो भोगाधिकारमा परेको १७.५ हेक्टर राष्ट्रिय वन क्षेत्र भएको दाबी गर्दै चारैतिर तारबार लगाएर संरचना निर्माण गरिरहेको छ। सेनाले गत असोजदेखि सो क्षेत्रमा चेकपोष्ट राखी सुरक्षा र संरक्षण कार्य गर्दै आएको हो।

Navadurga sun

तर सोही क्षेत्रमा रहेको बाटो दुर्गालक्ष्मी बहुमुखी क्याम्पस जाने मुख्य मार्ग भएकाले दैनिक करिब ३ हजार विद्यार्थीको आवत–जावत अवरुद्ध भएको स्थानीयले गुनासो गरेका छन्।

Dadhaldhura pur

गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले सेनाले अत्तरिया बसपार्क, लामिताल क्षेत्र र आसपासका स्थान तत्काल खाली गर्नुपर्ने आग्रह गर्दै छलफल भइरहेको बताए ।
तर नेपाली सेनाका पोस्टपति भेषबहादुर बुढाथोकीले भने सेनाले भोगाधिकार प्राप्त क्षेत्रमा तारबार गरेर मात्र संरक्षण गरिरहेको स्पष्ट पारे ।

इलाका प्रहरी कार्यालय मालाखेतीले स्थानीय भोगचलनमा रहेका जमिन सेनाले लिन खोजेपछि सहयोग मागिएको बताएको छ । प्रहरीको दाबी अनुसार सेनाले निर्माण गरेका संरचना विवादास्पद क्षेत्र भित्र पर्ने भएकाले त्याग्नु पर्ने देखिन्छ ।

यसैगरी, दुर्गालक्ष्मी महिला सामुदायिक वन र अत्तरिया क्षेत्रको राष्ट्रिय वन उपभोक्ता समूहले वर्षौंदेखि संरक्षण गर्दै आएको वन क्षेत्रमा सेनाले जबरजस्ती प्रवेश गरेको भन्दै आपत्ति जनाएको छ । स्थानीय समुदायले निजी र सार्वजनिक दुवै भोगचलनमा रहेका जग्गा सेनाले छोड्नुपर्ने माग गर्दै आएका छन् ।

साविक मालाखेती गाविस–७ अन्तर्गत पर्ने सो १७.५ हेक्टर वन क्षेत्र पूर्व–पश्चिम राजमार्ग, दीपायल जाने सडक र जंगललाई समेट्छ । सो क्षेत्रमा करिब एक सय घरधुरी, अत्तरिया बसपार्क र स्थानीय बस्ती अवस्थित छन् ।

विवाद चर्किएसँगै अहिले नगरपालिका, प्रहरी, नेपाली सेना र स्थानीय समुदाय बीच निरन्तर छलफल भइरहेको छ । तर अझैसम्म समाधान नआएको र वार्ता र सहमति आवश्यक रहेको सबै पक्षको बुझाइ छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...