अत्तरिया कांग्रेसका युवा नेता शाहले पार्टी परित्यागको घोषणा

नेपाली कांग्रेसका युवा नेता गणेश शाहले पार्टी परित्यागको घोषणा गरेका छन् ।

Ganyapdhura gau

शाहले आफ्नो फेसबुकमा पोष्ट गर्दै भनेका छन्, “श्रम, स्वतन्त्रता, सिर्जनशीलता र आत्मसन्तुष्टिका लागि जीवन जिउने अठोटसहित लगभग दुई दशक लामो नेपाली कांग्रेसको यात्रा आजबाट विराम लिएको छु । आजबाट म कांग्रेसको साधारण सदस्य नरहने गरी पार्टी छोडेको घोषणा गर्दछु ।”

Navadurga sun
Dadhaldhura pur

उनले राजीनामा पत्र क्षेत्रीय सभापति र वडा सभापतिलाई व्हाट्सएप मार्फत पठाएको जानकारी पनि सार्वजनिक गरेका छन् । शाह गोदावरी–४ मा युवाहरू माझ शालिन नेताको रूपमा परिचित छन् ।

विद्यार्थी राजनीतिसँगै उनले दुर्गालक्ष्मी नमुना विद्यालयको व्यवस्थापन समिति अध्यक्षको रूपमा पनि काम गरेका थिए। उनले दोस्रोपटक विद्यालय नेतृत्व लिन खोज्दा पार्टी भित्रबाट आवश्यक समर्थन नपाएपछि असन्तुष्ट बनेका थिए ।

यस अघि अर्का कांग्रेस युवा नेता प्रेम भट्टले पनि पार्टी छोडिसकेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...