धनगढीमा रात्रीकालिन ब्यवसाय सञ्चालनको माग

धनगढी- सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र तथा प्रदेशको अस्थायी राजधानी धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालनको माग हुन थालेको छ ।

Ganyapdhura gau

धनगढीका होटल तथा पर्यटन व्यवसायीहरुले रात्रीकालीन व्यवसाय सञ्चालनको माग गर्न थालेका हुन् । धनगढीका होटल तथा रेष्टुरेण्टलाई अहिले १० बजेसम्म सञ्चालनको अनुमति छ। केही डान्स बारलाई १२ बजेसम्म व्यवसाय सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ।

Navadurga sun

तर, आर्थिक मन्दीको अवस्थामा व्यवसायलाई चलायमान बनाउनका लागि स्थानीय प्रशासनले पूर्णकालिन अर्थात् २४ घण्टा नै होटल व्यवसाय सञ्चालनको अनुमति दिनुपर्ने तर्क होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेको छ ।

Dadhaldhura pur

हामीले पहिलेदेखि नै पूर्णकालिन व्यवसायको माग गर्दै आएका छौं, उनले भने, त्यो सम्भव भएन भने पनि कम्तिमा १२ बजेसम्म होटल व्यवसाय सञ्चालनको अनुमति पाउनुपर्छ । संघका अध्यक्ष भर्खरै सरुवा भएर आएका कैलालीका प्रमुख जिल्ला अधिकारीसंग पनि रात्रीकालीन व्यवसायका विषयमा कुराकानी भएको छ।

नाटा सुदूरपश्चिमका अध्यक्षसमेत रहेका होटल व्यवसायी पदमविक्रम सिंहले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालनको अनुमति प्रदान गर्न प्रशासनलाई आग्रह गरेका छन् ।

होटल व्यवसायीहरूले पर्यटक र आम नागरिकलाई गुणस्तरीय सेवा दिने उद्देश्यले होटल सञ्चालन गर्दै आएका छन्, सिंहले भनेका छन्, तर, हालको समय सीमाका कारण व्यवसाय सञ्चालनमा कठिनाई भइरहेको छ। होटेल व्यवसायलाई सहज बनाउन तथा पर्यटकलाई समेत सेवा दिनका लागि होटल व्यवसाय कम्तीमा राति ११/१२ बजेसम्म सञ्चालन गर्न सम्बन्धित प्रशासनलाई अनुरोध गर्दछौं।

रात्रीकालीन व्यवसाय सञ्चालनको अनमति पाइए भारतीय पर्यटकलाई भित्र्याउन र पर्यटकको बसाई लम्ब्याउन सकिने होटल व्यवसायीहरुको तर्क छ ।

यता कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले रात्रिकालीन व्यसायका विषयमा सामान्य कुरा आएको बताउँदै सम्बन्धित पक्षसंग छलफल गर्ने बताए। सम्बन्धित पक्षसंग छलफल गरेपछि मात्रै म निर्णयमा पुग्छु, उनले भने ।

ADD Khali jpg
ADD Khali jpg
Loading...