अत्तरियामा हरेक वर्ष दोहोरिने डुबान समस्या र समाधानको आवश्यकता

अत्तरियामा दोहोरिने डुबान समस्या: समाधान कहिले ?

लक्ष्मी भट्ट/अत्तरिया- अत्तरिया बजार वर्षा सुरु भएपछि बारम्बार डुबानमा पर्ने समस्या नयाँ होइन । जब वर्षा पर्छ अनि मात्र फोहरले अवरुद्ध भएका ढल–नाली सफा गर्ने हतारो हुन्छ, तर पानी नपरेको बेलामा सजिलै समाधान गर्न सकिने यी कामहरूलाई भने बेवास्ता गरिन्छ ।

Ganyapdhura gau
Dadhaldhura pur

समस्या समाधानको प्रभावकारी उपाय भने वर्षायाम अघिकै तयारी हो । ढल निकास सफा गर्ने, फोहर रोक्ने संरचना बनाउने, पानी जम्न नदिने प्रणाली तयार गर्ने जस्ता काम समयमै गर्न सकेमा बजार डुबानबाट जोगिन सक्छ ।

Navadurga sun

तर यस्ता तयारी नगर्दा वर्षा लागेपछि अत्तरियाको मुख्य चोक नै तलाउजस्तो बन्न पुग्छ, बाटो नदेखिने हुँदा दुर्घटनाको जोखिम बढ्छ । होटल तथा पसलभित्र पानी पस्ने समस्या पनि त्यत्तिकै गम्भीर छ, जसले व्यापारीदेखि सर्वसाधारण सबैलाई प्रभावित पार्छ।

गोदावरी नगरपालिका साँच्चिकै दूरदर्शी बन्न चाहन्छ भने वर्षा सुरु हुनु अघि नै पूर्वतयारीमा जोड दिनु जरुरी छ । ढल व्यवस्थापनमा दीर्घकालीन योजना ल्याई समयमै सफाइ गर्ने तथा आवश्यक संरचना बनाउन सके मात्र अत्तरियाबासीले वर्षायाममा डुबानको पीडा भोग्नु पर्दैन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...