चितुवाको छाला सहित ४ जना पक्राउ

काठमाडौं- चितुवाको छाला सहित ४ जना पक्राउ परेका छन । काठमाडौं महानगरपालिका वडा नं. २६ मित्रनगर ऐश्वर्य मार्गस्थित प्रभु चरण पाहुना घरको कोठा नम्बर २०४ बाट ६ फिट २ ईन्च लम्वाई र २२ ईन्च चौडाई भएको दुर्लभ वन्यजन्तु चितुवाको जस्तो देखिने छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

पक्राउ पर्नेहरूमा काठमाडौं नयाँबसपार्क बस्नेहरू सोलुखुम्बु मापेदुधकोशी गाउँपालिका ८ ठेगाना भएका ३३ वर्षीय भिम बहादुर कामी, तनहुँ रिसिङ गाउँपालिका ७ ठेगाना भएका ३३ वर्षीय गोपाल थापा मगर, उदयपुर कटारी नगरपालिका ६ ठेगाना भएका २८ वर्षीय निशान्त कुमार रहपाल र काठमाडौं चाबहिल बस्ने सोलुखुम्बु मापेदुधकोशी गाउँपालिका ३ ठेगाना भएका ३२ वर्षीय एक प्रसाद राई रहेका छन् ।

Navadurga sun
Godawari sandesh

काठमाडौं नयाँबसपार्क मित्रनगर क्षेत्रमा एक प्रसाद राई समेतका व्यक्तिहरूले दुर्लभ वन्यजन्तु चितुवाको छाला कारोवार गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उक्त छाला सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारवाहीको लागि बरामद छाला सहित डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Loading...