

अत्तरिया – टिभी टूडे टेलिभिजनकी सुदूरपश्चिम प्रदेश संयोजक बिना शाहीलाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको छ ।



दीर्घ समयदेखि पत्रकारितामा सक्रिय रहँदै सामाजिक रुपान्तरणमा योगदान दिएको भन्दै प्रतिष्ठानले उनलाई सम्मान गरेको हो । सञ्चार यात्रामा शाहीको सक्रियता, सशक्तता र निरन्तर साधनालाई उच्च मूल्याङ्कन गरिएको थियो ।


एभरेष्ट एकेडेमी र गुरुकुल इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरको सहकार्यमा आयोजित शिक्षिका तीज नृत्य प्रतियोगिता समारोहमा पत्रकारिता लगायत विभिन्न क्षेत्रमा सक्रिय आठ व्यक्तिलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।