स्याउलेमा भदौ १६ गते देखि गौरा पर्व विशेष मेला हुने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा यही भदौ १६ गते देखि २१ गतेसम्म गौरा पर्व विशेष मेला हुने भएको छ । गौरा पर्व समितिको आयोजनामा मेला लाग्न लागेको आयोजक मन्दिर समितिले जनाएको हो ।

आज पत्रकार सम्मेलन मार्फत मेलामा विभिन्न ठाउँका चर्चित डेउडा कलाकारहरूको पनि उपस्थिति रहने समितिकी संयोजक लक्ष्मी बिनाडीले बताइन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

१६ गते देखि सुरु हुने मेलामा १७ गते सावित्री धामी र उज्ज्वल सिंह साउँद, १८ गते ममता धामी र कृष्ण धामी, १९ गते टिका सानु र दीपक रिमाल तथा २० गते पदम जोशी र तुलसी बुढाको प्रस्तुति रहने बिनाडीले बताएकी छिन् ।

त्यस्तै २१ गते स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा समापन कार्यक्रम गरिने बिनाडीले जानकारी दिइन् । स्याउले बजार व्यवस्थापन समितिका साथै साइपाल र शिवशत्ति युवा क्लबको सहयोगमा मेला लाग्ने उनले बताइन् ।

मेलामा विभिन्न सङ्घ संस्थाका साथै सामुदायिक वनहरूले आथिर्क सहयोग गरेका छन् । सुदूरपश्चिमको विशेष मानिने संस्कृति जर्गेना गर्नुका साथै मनोरञ्जन तथा स्थानीय भेसभुसा र उत्पादनको प्रदर्शन गर्ने उदेश्यले गौरा पर्व विशेष मेलाको आयोजना गर्न लागिएको समितिले जनाएको छ । मेला सम्पन्न गर्न विभिन्न समिति तथा उप समितिहरू बनाइएको छ ।

Loading...