प्रतिभा सामुदायिक पुस्तकालयको साधारण सभा स्थगित, मोती जयन्ती मनाइयो

अत्तरिया- कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले सोह्रौँ साधारण सभा तथा आठौँ अधिवेशन गणपूरक सङ्ख्या नपुगेकाले स्थगित भएको छ । सभा भदौ ७ गते पुस्तकालयको हलमा आह्वान गरिएको थियो तर उपस्थित संख्या नपुगेकाले दोस्रो दिनका लागि सारिएको हो ।

यद्यपि सभा स्थगित भए पनि पुस्तकालयले आज शनिबार कवि मोतीराम भट्टको जन्मजयन्ती मनाएको छ । पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा मोतीराम भट्टको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा आजीवन सदस्यहरू, स्थानीय सरोकारवालाहरू र साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

माल्यार्पण कार्यक्रममा वक्ताहरूले मोतीराम भट्टले नेपाली साहित्यमा पुर्‍याएको योगदान बारे चर्चा गरेका थिए । उनले आदिकवि भानुभक्त आचार्यलाई चिनाउँदै जीवनचरित्र लेखेको, पहिलो गजलकारका रूपमा ख्याति कमाएको तथा छोटो जीवनमै नेपाली साहित्यलाई ठूलो योगदान दिएको स्मरण गरिएको थियो ।

कार्यक्रममा पुस्तकालयका संस्थापक अध्यक्ष कृष्णदत्त पनेरु, पूर्व सामाजिक विकास मन्त्री कृष्ण सुवेदी लगायतको उपस्थिति सहित विभिन्न साहित्यकारहरूले आफ्ना कविता, गजल र गीत प्रस्तुत गरेका थिए ।

युवा कवि मोतीराम भट्टलाई नेपाली साहित्य र संस्कृतिमा अमूल्य योगदान पुर्याउने राष्ट्रिय विभूति भनेर स्मरण गरिएको थियो ।

Loading...