अनलाइन टिभी पत्रकार संघ कैलालीकाे अध्यक्षमा साउँद निर्वाचित

धनगढी- अनलाइन टिभी पत्रकार संघ, कैलालीको अध्यक्षमा भरत साउँद (आलोक) निर्विरोध निर्वाचित भएका छन् । न्यूज सेभेन टिभी प्रालिका सञ्चालन साउँद कैलालीको चिसापानीमा भएको संघको अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् ।

Dadeldhura hospital

अधिवेशनले नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संघको जिल्ला अध्यक्षमा साउँद, उपाध्यक्षमा रमेश एडी, सचिवमा रमित पाण्डे, कोषाध्यक्षमा मञ्जु भण्डारी र सह–सचिवमा तिलक राज ढुङ्गाना चयन भएका छन्। समावेशी सदस्यतामा प्रेम विक र सागर चौधरी, खुला सदस्यतामा गणेश विष्ट र यज्ञराज अवस्थी चयन भएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

अध्यक्ष आलोकले आफ्नो कार्यकालमा पत्रकारहरूको पेसागत अधिकार, सीप विकास र अनलाइन पत्रकारिताको मर्यादा तथा आचारसंहिता पालनामा संघले विशेष ध्यान दिने बताएका छन्। संघको प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दीपक रावललाई दिइएको छ। सदस्यमा भरत रिमाल चयन भएका छन् ।

Loading...