धनगढी- धनगढीमा मच्छर धपाउन बालेको आगोबाट गोठमा आगलागी भएको छ ।


धनगढी उपमहानगरपालिका-१४ फुलबारी बस्ने सर्वानन्द चौलागाईको काठ र टिनले बनेको कच्ची गाई गोठमा मच्छर धपाउन बालेको आगोबाट आगलागी भएको हो ।

आगलागी हुँदा अन्दाजी मुल्य १ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बहुलियाले जनाएको छ ।
