जेष्ठ नागरिकद्वारा यात्रुका लागि निःशुल्क पिउने पानीको व्यवस्था

अत्तरिया- पछिल्लो समय अत्तरियाका सार्वजनिक स्थलका धाराहरू जीर्ण भई पानीका मुहान सुकेपछि यात्रुहरू पिउने पानीको समस्यामा परिरहेका बेला एक जेष्ठ नागरिकले समाजका लागि प्रेरणादायी कदम उठाएका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

अत्तरिया निवासी ७५ वर्षीय विजय राज भट्टले महेन्द्रनगर राजमार्गअन्तर्गत सडक छेउमा डिप बोरिङ मार्फत धारा जडान गरी यात्रुहरूका लागि शुद्ध पिउने पानीको व्यवस्था गरेका छन् । स्थानीयवासीका अनुसार विगतमा सार्वजनिक स्थलमा सहजै उपलब्ध हुने धारा सुक्दा यात्रुहरूलाई पानी किन्नुपर्ने बाध्यता बढेको थियो ।

Navadurga sun

भट्टले यात्रुहरूको सहजतालाई ध्यानमा राखी सुरु गरेको यो पहललाई उदाहरणीय सामाजिक योगदानका रूपमा लिइएको छ । शालीन स्वभाव र सामाजिक भावना बोकेका भट्ट अझै पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

स्थानीयहरूले उनको कार्यलाई पुण्यका रूपमा व्याख्या गर्दै समाजमा सकारात्मक प्रेरणा जगाएको बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...