‘बुढी पोल्ने’ पर्व गोदावरी १० खमौरामा भब्य रुपमा मनाइयो

अत्तरिया, १ असाेज– कैलालीको गोदावरी नगरपालिका वडा नं १० खमौरामा ‘बुढी पोल्ने’ पर्व भब्य रुपमा मनाइँएको छ । खमौरामा रहेको स्थानिय न्यू प्रभात युवा क्लबको आयोजनामा बिबिध साँस्कृति कार्यक्रम सहित ‘बुढी पोल्ने’ पर्व मनाइँएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

न्यू प्रभात युवा क्लबका अध्यक्ष बिरेन्द्र साकीको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी १० का वडा अध्यक्ष रविन्द्र शाही प्रमुख अतिथी रहेका थिए ।

Navadurga sun
Godawari sandesh

त्यस्तै कार्यक्रममा मेलमिलाप केन्द्रका संयोजक गगन सिंह ठगुन्ना , वडा सदस्य शेर बहादुर तामाङ र ईश्वरी राबल बिशिष्ट अतिथी रहेका थिए। कार्यक्रममा सुदूरपश्चिमका देउडा गायक दिर्घराज फुलारा, देउडा गायिकाहरु साबित्रि धामी, नन्दा कामी, अस्मिता बडैला, हिरा राबल लगायतले आ–आफ्ना प्रस्तुति राख्दै सहभागीहरुलाई देउडा खेलाउदै रमाएका थिए । यसका साथै अत्तरियामा रहेको क्युरिक्स डान्स स्टुडियोले पनि आ–आफ्ना प्रस्तुतिहरु राखेको थियो । साथै साँझको बेलामा भदौ १ गते ओल्के संक्रान्तिका दिन बुढीको प्रतिमा राखी दैनिक त्यसमा रुखका हाँगाहरु थप्दै बनाइएको बुढी पोलेका थिए ।

कार्यक्रम स्थानियहरुको उल्लेखिय रुपमा सहभागिता रहेको थियो । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्दै सुदूरपश्चिममा धुमधामका साथ मनाइदै आएको छ । परम्परागत किंबदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन रहेको बताइन्छ । द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्ण दुध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि भगवान श्री कृष्ण बाँचेको खुशियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाईने गरिएको पण्डित पन्तको भनाई छ । सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङगोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ।

Couple
Loading...