गेटा आँखा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

धनगढी, १ असोज- गेटा आँखा अस्पताल कर्मचारी युनियनको आयोजनामा शुक्रबार (आज) रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसंचार केन्द्र धनगढीको प्राविधिक सहयोगमा गेटा आँखा अस्पतालको प्राङ्गगणमा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको कार्यक्रमका उपसंयोजक सुशांक शाहले जानकारी दिए ।

Ganyapdhura gau

कार्यक्रमका सभापति एवं गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्याय, प्रमुख अतिथि गेटा आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर डा. सुरेश राज पन्त, कार्यक्रम संयोजक उमेश राज भट्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा अतिथि गेटा आँखा अस्पतालका प्रशासकीय अधिकृत गोबिन्द राज जोशी, लेखा अधिकृत मान बहादुर चौधरी, अस्पतालका कर्मचारी प्रतिनिधि पवन शाह, विभागीय प्रमुखहरु सुरेश अवस्थी, गणेश बहादुर चौधरी, जमुना वि.क, विश्वेश्वर जोशी, पुष्प राज चौधरी, प्रहरी बिट प्रमुख हवल्दार हेम राज भट्ट रहेका थिए ।

कार्यक्रम संयोजक उमेश राज भट्ट, कर्मचारी प्रतिनिधि पवन शाह, युनियनका उपाध्यक्ष मिना विष्ट, सचिव जय बहादुर बुमी, कोषाध्यक्ष राजेन्द्र पनेरु, सदस्य चेत राम चौधरी, नरेश मडै, चेत राम चौधरी, सुशांक शाह, कमला चौधरी, अमृता चौधरीले रक्तदाताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि गेटा आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर डा. सुरेश राज पन्त रहेका थिए भने कार्यक्रमको संचालन महेश ओझाले गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजन यु एस उमेश स्टोर, लक्ष्मी एर्डभाईजिङ्ग, लोकेन्द्र प्रिन्टिङ्ग प्रेस धनगढीले गरेको आयोजकले जनाएको छ ।

Couple
Loading...