एसएसपी भाटद्वारा कैलाली–डोटीका प्रहरी कार्यालयहरूको निरीक्षण

धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश राना भाटले सोमबार राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय बुडर, डोटीको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

निकट भविष्यमा सुरु हुन लागेको ‘नेपाल प्रहरी कार्य दक्षता मूल्यांकन’ कार्यक्रमलाई लक्षित गर्दै छनोटमा परेका प्रहरी कार्यालयहरूको तयारी अवस्थाबारे जानकारी लिन उनले निरीक्षण गरेका हुन् ।

Navadurga sun

अनुगमनका क्रममा एसएसपी भाटले प्रहरी सेवामा पारस्परिक तालमेल, पारदर्शिता र स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्दै काम गर्न निर्देशन दिएका छन्। साथै उनले आम नागरिकले प्रहरीसँग आत्मीयता र विश्वास अनुभव गर्ने खालको सेवा प्रवाहमा जोड दिनुपर्ने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...