कैलालीमा भूमिहीन दलित र सुकुम्बासीलाई भदौ मसान्तभित्र लालपुर्जा वितरण गर्ने

अत्तरिया- भूमि समस्या समाधान आयोग कैलालीले जिल्लाका भूमिहीन दलित र सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखी लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । आयोगका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिकामा भदौ मसान्तभित्र लालपुर्जा वितरण सुरु हुने भएको छ ।

Ganyapdhura gau

आयोगका अध्यक्ष यज्ञराज उपाध्यायका अनुसार पहिलो चरणमा जग्गा भोगचलन गरिरहेका भूमिहीन दलित र सुकुम्बासीलाई प्राथमिकता दिइएको छ। उनले भने, “नापचाँजको काम लगभग सम्पन्न भएको छ। पुर्जा बनाउने र प्रमाणीकरण गर्ने काम भइरहेको छ। आयोग र स्थानीय तहका कर्मचारी त्यसमा जुटिरहेका छन्।”

Navadurga sun
Dadhaldhura pur

उनका अनुसार कैलालीका सबै १३ पालिकामा आयोगले काम गरिरहेको छ। बाँकी तीन पालिकामा पनि छिट्टै नापजाँच सम्पन्न गर्ने जानकारी दिए। सीमित स्रोत र कर्मचारीको अभावबीच पनि आयोगले कामलाई तीव्रता दिएको उनले बताए।

जिल्लाभरबाट हालसम्म १ लाख ४० हजार ३५८ निवेदन आयोगमा दर्ता भएका छन्। जसमा भूमिहीन दलितका ७ हजार ६३१, भूमिहीन सुकुम्बासीका १३ हजार ९१४ र अव्यवस्थित बसोबासीका १ लाख १८ हजार ८१३ निवेदन रहेका छन्।

यस्तै, अघिल्लो आयोगका अपूरा कामलाई निरन्तरता दिने अधिकारसमेत यस आयोगलाई दिइएको छ। सोहीअनुसार हालसम्म ५ हजार २१४ परिवारका फाइल प्रविष्ट भएको अध्यक्ष उपाध्यायले जानकारी दिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...