राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधन अघि बढ्ने: शंकर पोख्रेल

अत्तरिया- नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् । कैलालीको अत्तरियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले संविधान संशोधन गर्ने वातावरण नबनेको बताए।

Dadeldhura hospital

उनका अनुसार ५–६ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुने भएकाले त्यसबेला कांग्रेस–एमाले मिलेर बहुमत सुनिश्चित गर्ने र त्यसपछि संविधान संशोधनतर्फ जाने योजना छ। उनले सरकार नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार अघि बढिरहेको दाबी गरे।

Navadurga sun
Godawari sandesh

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा ल्याउनु माओवादी केन्द्रको गल्ती भएको भन्दै उनले आलोचना गरे । पोख्रेलले राष्ट्रपति वा उपराष्ट्रपति जस्ता सर्वोच्च संवैधानिक पदमा पुगिसकेपछि त्यस पदको गरिमा कायम राख्नुपर्नेमा जोड दिए ।

Loading...