सेती अस्पतालको प्रयोगशालामा शुक्रबार १४ जनामा कोरोना पुष्टि




अत्तरिया, १ असाेज– सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७२ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो।



त्यस्तै पछिल्लो २४ घण्टामा २ संक्रमित निको भई घर फर्किएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए । उनका अनुसार हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।






