कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको तयारीसँगै चुनावी माहोल तातियो

धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको तयारीसँगै चुनावी माहोल तातिएको छ । आगामी भदौ २८ गते हुने निर्वाचनमा दुई प्यानल सहित प्रतिस्पर्धा हुने संकेत स्पष्ट हुँदै गएको छ। संघको वर्तमान वरिष्ठ उपाध्यक्ष पुस्कर राज ओझा र पूर्व महासचिव रुपेस स्वाँर अध्यक्ष पदका लागि आमनेसामने हुने पक्का भएको छ। निर्वाचनका लागी रुपेस स्वाँर नेतृत्वको टिमले पदाधिकारी टुङ्ग्याएको छ ।

Dadeldhura hospital

स्वाँर टिमबाट सघंको बरिष्ठ उपाध्यक्षका लागी केशव जोशी यस्तै उपाध्यक्षमा लक्ष्मण पन्त, अनिल भुजानिया, राधिका चौधरी, सिद्धराज पनेरु उमेद्वार बनेका छन् । अध्यक्षका उमेद्वार स्वाँरका अनुसार महासचिवमा शुरेस पाण्डेय, सचिवमा प्रकास चन्द र कोषाध्यक्षमा तिलक बोहरा उमेद्वार बन्ने छन् । आफ्नो टिमबाट चुनाव लड्ने कार्यसमिति सदस्यहरुको नाम टुगों लाग्न बाँकी रहेको बताउँदै स्वाँरले सबै क्षेत्रलाई समेटेर बनाउन लागेको  जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

अध्यक्ष पदका उम्मेदवार स्वाँरले सचिवालय सञ्चालन गर्दै सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार सुरु गरिसकेका छन्। व्यवसायिक क्षेत्रका सरोकारवालाहरूले यो निर्वाचनलाई संघको आगामी नीति तथा गतिविधि निर्धारणमा महत्वपूर्ण मानिरहेका छन्। संघमा हाल करिब एक हजारभन्दा बढी सदस्य छन् र विगतका निर्वाचनहरूमा पनि दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने परम्परा रहँदै आएको छ ।

Loading...