अत्तरियामा टीभीएस ‘एक्सचेञ्ज मेनिया’ मा नयाँसँग पुरानो साट्ने मौका

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका- १ अत्तरिया बसपार्कमा आगामी भदौ १ गतेदेखि टीभीएसको ‘एक्सचेञ्ज मेनिया’ हुने भएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

जगदम्बा मोटर्सको अत्तरियाका लागि आधिकारिक बिक्रेता बागेश्वरी मल्टिमोटर्सले पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी किन्न चाहने ग्राहकहरूलाई लक्षित गरी कम्पनीले उक्त विशेष अफर सार्वजनिक गरेको हो ।

Navadurga sun

अत्तरिया बसपार्कमा आगामी भदौ १ गतेदेखि ६ गतेसम्म चल्ने एक्सचेञ्ज मेनियामा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरसँग साट्न पाइनेछ । एक्सचेञ्ज मेनियामा पुरानो नगुड्ने मोटरसाइकल वा स्कुटर भएपनि त्यसको न्युनतम ३० हजार रुपैयाँ मूल्यांकन हुने बागेश्वरी मल्टीमोटर्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए । उनका अनुसार एक्चेन्ज गरिएको साधनमा थप १० हजार मूल्यांकन रकम थप गरिनेछ ।

नयाँ मोटरसाइकल वा स्कुटर खरिदमा न्यूनतम ८ हजार क्यास डिस्काउन्टको व्यवस्था गरिएको छ । साथै हेल्मेट, व्याग र बाइक कभर निःशुल्क दिइनुका साथै टीभीएस लाइफटाइम वारेन्टीको पनि व्यवस्था गरिएको छ जसले ग्राहकलाई थप विश्वास र सुविधा दिने कम्पनीको विश्वास छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...