बडिमालिका सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्रविन्दु र पर्यटकीय हिसाबले भूस्वर्ग हो: मुख्यमन्त्री शाह





कैलाली- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बडिमालिका संरक्षण क्षेत्रसम्मको सहज आवगमनलाई सहज बनाउन विभागिय मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।



उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगती समिक्षा गोष्ठीको समुउद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार भएको धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकासम्मको आवागमनलाई सहज बनाउन निर्देशन दिनुभएको हो ।


उहाँले बडिमालिका दर्शन गर्न गएका मध्ये दुई जनाको दु:खद् निधन भएको प्रति गहिरो दु:ख व्यक्त गर्दै यसै वर्ष भित्र काम सम्पन्न हुने गरी सो क्षेत्रमा प्राबिधिक टोली खटाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनु भयो ।
बडिमालिका क्षेत्रमा भौतिक संरचना निर्माण खटिएको नेपाली सेनालाई धन्वाद दिदै मुख्यमन्त्री शाहले बडिमालिका सुदूरपश्चिमको धार्मिक आस्थाको केन्द्रविन्दु र पर्यटकीय हिसाबले भूस्वर्ग रहेको बताउनु भयो । साथै उहाँले बन क्षेत्रबाट संकलित काठ बिक्रि गर्ने वन पैदावार बोलपत्र आह्यवान गरी लिलाम गर्नुपर्ने र मन्त्रालयले कुनैपनि कार्य टेण्डर मार्फत गर्नुपर्ने बताउनु भयो ।



